मनोरंजन

शाहरुखका छोरा जेलमा चार दिनयता बिस्कुट मात्र खाएर बसिरहेका छन्, अवस्था नाजुक

भारतीय संचारमाध्यममा यतिबेला बलिउड स्टार शाहरख खानका छोरा आर्यनको विषयमा दैनिक विभिन्न टिका टिप्पणी भइरहेका छन्। अवैध मानिएको रेभ पार्टीमा सहभागी उनी हाल जेलमा छन्।

अर्थात् महलजस्तो घरमा बस्ने आर्यनले यतिबेला जेलको हावा खाइरहेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी आर्थर रोड जेलमा बसेको आज पाँच दिन पुगेको छ। अक्टोबर ८ दिउँसोदेखि उनलाई उक्त जेलमा ल्याइएको थियो।

जिन्युज इन्डियाका अनुसार जेलमा कैद आर्यनको अवस्था दिनप्रतिदिन दयनीय हुँदै गएको छ। उनले जेलमा आएदेखि खाना ठीकसँग खाइरहेका छैनन्। खबरका अनुसार उनले पछिल्ला ४ दिनदेखि क्यान्टिनबाट किनिएको बिस्कुट मात्र खाएर ज्यान जोगाइरहेका छन्।

मुम्बईबाट गोवा जाँदै गरेको क्रुज पानीजहाजमा ड्रग्स पार्टी गरिरहेका बेला आर्यनसहित ८ जनालाई पक्राउ गरिएको थियो।

त्यसयता दुईपटक आर्यनलाई जमानतमा छाड्न आग्रह गरिएको थियो यद्यपी अदालतले अनुसन्धान विथोलिन्छ भन्दै आर्यनलाई हिरासतमा लिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close