मनोरंजन
बिशाललाई छोडेर सन्जनाले सुमन रोजेपछि….(भिडियोसहित)

काठमाडौं – ग्लोबल मिनको प्रस्तुती ‘मलाई बिर्सेंर पनि’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत मंगलबार ग्लोबल मिनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
सार्वजनिक गीतमा राजन थापाको आवाज रहेको छ । गीतमा थापाकै संगीत रहेको छ । गीतमा माया प्रेम र विश्वास घातको कथा उठाईएको छ ।
गीतको भिडियोमा बिशाल पौडेल, सन्जना खड्का र सुमन सेन ठकुरीको अभिनय रहेको छ । बिशाल र सन्जनाबीचको प्रेम सम्बन्धमा सुमनको आगमनसँगै आएको उतारचढावलाई भिडियोमा देखाइएको छ ।
कृष्ण लामा निर्देशित भिडियो जीत महतो र निरज महतोले खिचेका हुन् । भिडियोमा सौभाग्य महतोको सम्पादन छ । भिडियो चितवनको सौराहा क्षेत्र आसपासमा छाँयाकन गरिएको हो ।