राशिफल

असोज २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधूर रहने छ । कठिन काम पनि साथीको सहयोगले बन्ने देखिन्छ । कृषिजन्य व्यापारिक कार्यमा सफलता मिल्नेछ । आँटेको काम पूर्ण हुनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ साथै मनोरन्जनका साथ दिन बित्नेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सुरुमा कामका कुराले मनमा द्विविधा बढ्न सक्छ । तर पनि पछि काम बन्छ । आम्दानीका स्रोतहरू बढ्नाले मन प्रसन्न रहला । प्रेम सम्बन्धमा विश्वासको मात्रा बढ्नेछ । दाजुभाइको सहयोग पनि प्राप्त हुनेछ । शिक्षा र बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । व्यापार व्यवसायमा पनि फाइदा होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कृषि र व्यवसायमा उन्नति हुनुका साथै अन्य काममा पनि मनग्ये धन कमाउने अवसर जुट्नेछ । शारीरिक दुर्बलता बढ्नेछ । आफन्तजनबाट सहयोग प्राप्त हुनेछ । प्रशस्त धन लाभ हुनेछ । अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ । आर्थिक समुन्नतिको योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । वादविवाद होला, होसियार रहनु होला । स्वास्थ्यमा बाधा उत्पन्न होला । नयाँ कार्यको थालनी गर्ने अवसर मिल्न सक्नेछ । लगनशीलताले जीवनशैलीमा परिवर्तन आउन सक्छ । आम्दानी पनि राम्रै हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नयाँ नोकरी पाउने वा पुरानो काममा पदोन्नतिको सम्भावना छ तर आत्मीयजनसँग बिछोड होला । पारिवारिक सद्भावले कार्यमा सफलता मिल्नेछ । विदेशमा गरेको लगानीबाट लाभ मिल्नेछ । जागिरमा पदोन्नतिको योग छ । अध्ययन अध्यापन फलदायी रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आफन्तको भेटले हर्ष बढ्नेछ । सन्तानको सहयोग मिल्नेछ । याात्रामा मन रमाउनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । घर घडेरीको व्यापार व्यवसायमा लाभ मिल्ला । बोलीकै प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ, धन लाभ होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
रोकिएका काम बन्नेछन् । व्यापार व्यवसायमा उन्नति हुनेछ । काममा जस पाउने सम्भावना छ । स्वास्थ्यमा सामान्य सुधार आउनेछ । लेखन कार्यमा मन लाग्नेछ । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ । आफ्ना सहयोगी र सेवक वर्गबाट सहायता मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
विश्वासपात्रबाट धोका पाइएला । मानसिक चञ्चलता र उत्साह बढ्नेछ तर अप्रिय समाचारले दुःखी बनाउला । आफन्तको भरण पोषणका निम्ति खर्च वृद्धि हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । खर्च बढ्ने र अर्थ अभावले काम रोकिने सम्भावना छ । प्रतिनिधिमूलक यात्रा गर्ने मौका आउला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
काममा कठिनाई देखिए पनि अन्ततः खशी मिल्नेछ । घर जग्गा वा अन्य कुनै स्थिर सम्पत्ति जोड्ने पनि समय छ । धार्मिक कार्यमा संलग्न भइएला । अनुसन्धानात्मक काममा मन जानेछ, सफलता पनि मिल्नेछ । दीर्घकालीन नबनेका काम बन्नेछ । आयआर्जन र विद्यामा बुद्धि हु्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्रयत्न गर्दा विशेष लाभ पाउनुका साथै अध्ययनका लागि अनुकुल समय छ । ब्यपार पनि फस्टाउनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । अध्ययन अध्यापनको पक्षमा पनि राम्रा प्रगति हुने देखिन्छ । मान समान पद प्रतिष्ठा मिल्नेछ । व्यापार व्यवसाय कार्य सहज रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला । व्यापार व्यवसाय सामान्य रहनेछ । धार्मिक यात्राको योग छ । प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । विभिन्न भौतिक साधन जुटुनुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
समाजमा कुरा काट्नेहरू बढ्ने छन् । दैनिक कार्यमा केही समस्याहरू देखिएलान्, सावधान रहनु होला । साथीभाइको सहयोग सामान्य रहनेछ । सानो कामका लागि निकै दौडधुप गर्नुपर्ला । तापनि, लगानीको उचित प्रतिफल मिल्नेछ । सुख सुविधा र विलासिताका साथमा समय बित्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close