प्रमुख समाचार
असार १ गतेदेखि उपत्यकाभित्र के-के खोल्न पाइन्छ ? (आदेशको पूर्णपाठसहित)

काठमाडौं । उपत्यकामा असार १ देखि ७ गतेसम्मका लागि थप एक साताका लागि निषेधाज्ञा गरिएको छ । आइतबार बसेको उपत्यकाका तीन जिल्लाका सिडिओहरुको बैठकले थप एक साता बढाउने निर्णय गरेको हो ।
एक साताका लागि थप गरिएको निषेधाज्ञामा तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्ने, अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन हुने र शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ ।
यसअघि ९ बजेसम्ममात्र पसलहरु खोल्ने अनुमति दिइएको थियो भने अहिले समय थप गरिएको छ । यसअघि बन्द गरिएका हार्डवेयर पसल, पुस्तक पसलहरु पनि खोल्न पाइने भएको छ। तर, छट, सिमेन्ट, बिजुलीका पसल, स्यानिटरी, हार्डवेयर पसल बेलुकी ४ बजेपछि मात्र सञ्चालन गर्न पाइने आदेशमा भनिएको छ ।
साथै, ठूला मालबाहक गाडीहरु बेलुकीको समयमा मात्र सञ्चालन गर्ने अनुमति दिइएको छ । यातायातसम्बन्धी कुनै छलफल गरिएको छैन ।
यसअघि जेठ मसान्तपछि जोर विजोर प्रणालीमा सवारी चलाउने भन्ने भनिएको थियो । तर, कोरोना जोखिम रहेकाले तत्काललाई यस विषयमा सिडिओहरुको कुरा नभएको बताइएको छ ।
उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा हालसम्म जारी रहेको छ ।