प्रमुख समाचार

आठ महिनाको छोरालाई आमाले काखमा राखेर समातिन्, बाबुले ‘घाँटी रेटे’

रुपन्देहीको गैडहवा गाउँपालिकाका एक दम्पतीले आफ्नो ८ महिनाको छोरालाई घाँटी रेटेर ह त्या गरेका छन् ।

प्रहरीका अनुसार सो गाउँपालिका–६ का श्रीराम मल्लाह र निजकी श्रीमती रेणु मल्लाहले पारिवारिक कलहका कारण आफ्नै शिशुको ह त्या गरेको बताएका छन् । मल्लाह दम्पतीले आफ्नै घरमा आपसी सल्लाहका आधारमा छोराको ह त्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डीएसपी सत्यनारायण थापाका अनुसार मल्लाह दम्पतीले आरोप स्वीकार गरिसकेका छन् ।

प्रहरीका अनुसार सो परिवारमा मृ तकको आमाबुबा, हजुरआमा, दुई फुपू एउटै घरमा बस्दै आएका छन् । मृ तककी जेठी फुपूले आफ्ना दुई छोरालाई पनि माइतीमै राख्दै आएकी छन् ।

मृ तककी हजुरआमा अर्थात् श्रीरामकी आमा भानुमती मल्लाहले २०६३ सालमा नागरिकता लिएकी थिइन् । उनले आफू अविवाहित हुँ र आफ्नो कोही छैन भनेर नागरिकता लिएकी थिइन् । त्यसैले भानुमतीका सन्तानको नागरिकता बन्न सकिरहेको थिएन ।

तर भानुमतीकी जेठी छोरी अकालमती मल्लाहले भने पतिको नामबाट नागरिकता बनाएकी छन् । उनको घर लुम्बिनी सांस्कृतिक नगरपालिका– २ मा भए पनि लामो समयदेखि माइतीमै बस्दै आएकी छन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार भानुमतीले आफू बस्दै आएको घरसहितको जग्गा जेठी छोरीको नाममा पास गरिदिइन् । यो कुरा थाहा पाएपछि श्रीराम र उनकी पत्नीले आफूहरु वि भत्स तरिकाले म र्ने सल्लाह गरे । सोही क्रममा उनीहरुले भदौ २६ गते राति आफ्नै अवोध शिशुको ह त्या गरेको प्रहरी बताउँछ ।

भानुमतीको उमेर करिब ६५ वर्ष छ । उनले छोरा, बुहारी र नातिसमेत रहेको अवस्थामा आफू बस्दै आएको घर र घडेरी विवाहित छोरीलाई किन पास गरिदिइन् भन्ने प्रस्ट हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

तर, अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार सो घरमा भानुमती र उनकी जेठी छोरीको मात्र नागरिकता छ । भानुमतीले आफू अविवाहित रहेको र आफ्नो कोही नभएको विवरणसहित २०६३ सालमा नागरिकता लिएका कारण भानुमतीका सन्तानका रुपमा कसैले नागरिकता पाएका छैनन् ।

भानुमती र उनका छोराबीच खासै राम्रो सम्बन्ध पनि नरहेको छिमेकीहरुको भनाइ छ । भानुमतीले नाबालक नाति नहुर्कुन्जेलसम्मका लागि आफ्नो नाममा रहेको घर र घडेरी आफ्नै जेठी छोरी (नागरिकता भएका कारण) का नाममा पास गरेको हुन सक्ने अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ ।

आमाले आफूलाई घर–घडेरीबाट बेदखल गरेका कारण आवेशमा आएर श्रीराम र उनकी पत्नीले नावालक छोरासहित आत्मह त्या गर्ने योजना बनाएका थिए । ‘नागरिकता पनि छैन, भएको एउटा घर र घडेरी पनि आमाले छोरीलाई पास गरिदिइन् भनेर उनीहरुले आत्महत्याको योजना बनाएका रहेछन्,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने ।

सोही क्रममा पहिला छोराको ह त्या गर्ने र पछि आफूहरु पनि म र्ने उनीहरुको योजना रहेको प्रहरीको भनाइ छ । राति आफ्नै एकतले घरको छतमा गएर उनीहरुले छोराको ह त्या गरे । प्रहरीका अनुसार रेणुले छोरालाई काखमा राखेर समातिन्, अनि श्रीरामले छोराको घाँटी रे टे । छोराको ह त्यापछि रेणु मल्लाह विक्षिप्त भइन् । त्यसैले उनीहरुले आ त्मह त्या गर्न सकेनन् । प्रहरीका अनुसार उनीहरुले छोराको शवलाई पोको पारेर कोठामा ल्याए ।

त्यसपछि होहल्ला भएपछि घटनास्थलमा राति नै प्रहरी आएर उनीहरु दुवैलाई नियन्त्रणमा लियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close