समाचार

एक ब्यक्ति रातको समय कार चलाएर जादै थिए, सल्लाघारीमा प्रहरीले जाँच गर्न खोज्दा उत्टै यी ब्यक्तिले गरे यस्तो ?

एक ब्यक्ति रातको समय कार चलाईरहेका थिए । उनलाई नियमित जाँचका क्रममा रोकियो । तर उनले रोक्ने प्रहरीसँग प्रतिवाद गरे । उनी बोलिरहँदा उनले मापसे गरेको प्रहरीले थाहा पायो ।

मापसे जाँच गर्न उनका अगाडि ब्रेथलाईजर अघि बढाइयो । तर उनले त्यो ब्रेथलाईजर नै फुटाई दिए । अनि प्रहरीलाई ध म्की समेत दिए ।

ती ब्यक्तिले सूर्यविनायक नगरपालिका ५ सल्लाघारीस्थित ड्युटीमा खटिएको प्रहरीलाई त्यस्तो व्यवहार गरेका थिए । ती ब्यक्तिको परिचय काठमाडौं पेप्शीकोला बस्ने ४२ वर्षीय सोमनाथ अधिकारीका रुपमा प्रहरीले दिएको छ । अधिकारीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

जगातीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ९ च २७६३ नम्बरको कारलाई महानगरीय प्रहरी प्रभाग कटुन्जे र ट्राफिक प्रहरी समेतको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा मापसे जाँच गर्न खोज्दा विवाद गरी १ थान ब्रेथलाईजर फुटाउनुको साथै प्रहरीलाई त्यस्तो व्यवहार गरेपछी कार चालक सोमनाथलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close