प्रमुख समाचार

संखुवासभा अपडेट: लोकबहादुरको प्रेमिकाको बारेमा आयो य,स्तो खबर, उनैको कारण डिप्रेसनमा थिए लोकबहादुर

कक्षा ९ सम्म पढेर लोकबहादुर वैदेशिक रोजगारीमा गएका थिए, तर राम्रो कमाइ भएन। मलेसियामा साढे ५ महिना र कतारमा दुई पटक ३ र ७ महिना बस्दा ऋण मात्रै थपियो ।

फर्किँदा माथिल्लो गाउँकी प्रेमिकाले पनि अर्कैसँग विवाह गरेको थाहा पाएपछि उनी डिप्रेसनमा परे । उनले तीन वर्षदेखि औषधि सेवन गर्दै आएको पाइएको छ ।लोकबहादुरका हजुरबुबा र बौद्धमान दाजुभाइ हुन् ।

बौद्धमानका छोरा तेजबहादुर परिवारका हर्ताकर्ता थिए भने लोकबहादुरका बुबा पनि सोझासोझा थिए । उनका बुबाले मर्ने बेलामा तेजबहादुरलाई ‘मेरा छोरानाती सोझा छन्, रेखदेख गरी दे है’ भनेका थिए ।

त्यही कारण तेजबहादुर भाइको घर गइरहन्थे, भतिजोहरुलाई सम्झाउने, गाली गर्ने गर्थे । त्यसक्रममा उनले पागल, काम नलाग्ने जस्ता शब्द प्रयोग गर्थे, जसले लोकबहादुरलाई बिझाउँथ्यो ।

उनले प्रहरीलाई दिएको बयान अनुसार घटनाको अघिल्लो रात यस्तै सोचेर उनी राम्रोसँग सुत्न सकेका थिएनन् । ‘पागल भन्ने जति सबैलाई मार्छु भन्ने सोचिसकेको थिएँ’ उनले भनेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close