मनोरंजन

साग बेचेर गुजारा भरतमणिको चिया पसल पुग्दा भाईबहिनीले खोले भरतको गुप्य कुरा (भिडियो हेर्नुस्)

कमेडी च्याम्पियन २ मा फाइनलमा पुगेका भरतमणी पौडेलको चिया पसल पुग्दा उनका भाइबहिनीले भरत र उनीहरूको सम्बन्ध बारे कुरा गरेका छन् । भरतका एक बहिनी कोपिला पौडेल र भाइ नुबेश पौडेल छन् । आफ्नो दाजु भरत च्याम्पियनको उत्कृष्ट ३ मा परेको र उनको मेहनतले हाँगा हालेको देख्दा दुबै जना निकै खुशी छन् ।

दाजु यतिसम्म आइपुगेको र अब विजेता बनेको हेर्ने उनिहरुको इच्छा छ । सानै देखि भरत निकै चंचल रहेको ,अरुको नक्कल गर्ने र गाउँमा प्रोग्राम हुँदा गीतहरू गाउने गरेका बहिनीले बताइन् । सबैको दाजुबहिनी जस्तै भरतसंग झ गडा गर्ने,जिस्किने रहेको हुँदा दाजुसँग एकदमै राम्रो सम्बन्ध रहेको बताए ।

भाइ नुबेशको चाहिँ भरतसँग ८ वर्षको उमेरको भिन्नता रहेको हुँदा आफ्नो लागि भरत अभिभावक जत्तिकै भएको बताए । पहिले रेडियोमा काम गर्ने गरेका भरतले आफ्नो भविष्य खोज्दै काठमाडौ छिरेको र उतै केही गर्नलाई राजधानी छिरेको बताए ।

भरतको उमेर भएको र दाजुले आफुले मनपर्ने मान्छे रोजेर भाउजु ल्याइदिए हुन्थ्यो भन्छन् कोपिला र नुबेश । परिवारमा सबैको कुरा एकअर्कामा बाढिने भएर सबैको कुरा सबैलाइ थाहा हुने पनि बताए ।ताप्लेजुङका सबै मान्छे भरतले जितेको हेर्न चाहेको र परिवारले पनि उनले च्याम्पियन जितेर भविष्यमा उन्नति गरेको हेर्न चाहेको कुरा बताए ।

भिडियो हेर्नुस् :-

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close