राजनीति

फुटेर केही पार लागेन फेरि पार्टी एकता गरौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरी पार्टी एकताका लागि आह्वान गरेका छन् । उनले २१ औं शताब्दीको समजावदको मोडेलको खोजी गरिरहेकाहरू एकै ठाउँमा आउन जरुरी रहेको भन्दै एकताको आह्वान गरेका हुन् ।

आइतबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यसका लागि प्रयास पनि भइरहेको जानकारी दिए । ‘२१ औं शताब्दीको वैज्ञानिक समाजवादको मोडल के हुन्छ भनेर खोज्नेहरू एक ठाउँमा आउन जरुरी छ,’ उनले भने, ‘यसको प्रयास पनि भइरहेको छ ।’

विभाजित भएर केही पनि नहुने भन्दै प्रचण्डले फेरि एकै ठाउँमा आएर हेर्नुपर्नेमा जोड दिए । ‘एक चरण विभाजित भएर हेरियो,’ नेकपा एसका अध्यक्ष माधव नेपालसमेत सहभागी कार्यक्रममा उनले भने, ‘त्यसरी लछारपाटो केही पनि लाग्नेवाला छैन । त्यसकरण फेरि एक ठाउँमा आएर हेरम् ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीसँग पार्टी एकता गरेर आफुले ठूलो ज्ञान प्राप्त गरेको बताएका छन् । आइतबार पार्टीका केन्द्रीय सदस्य परशुराम तामाङको ‘नेपाली कम्युनिस्टको कार्यदिशा’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यो ज्ञान ओलीसँग पार्टी एकता गरेपछि मात्रै प्राप्त हुने भन्दै व्यंग्य गरे ।

‘अस्ति पाँच दलीय गठबन्धनको बैठकमा मलाई ताकेर सोध्नुभयो, के पाउनुभयो केपी ओलीसँग पार्टी एकता गरेर ?, ‘ उनले सुनाए, ‘के पाएँ भन्न त विभिन्न उतारचढाव छन् । चार पाँच घण्टा लाग्छ । तर, मैले ज्ञान प्राप्त गरेर आएँ भने ।’

त्यो ज्ञान ओलीसँग एकता गरेपछि मात्रै प्राप्त हुने र त्यो ज्ञानबाट पाठ सिक्न सत्ता गठबन्धनका नेताहरूलाई सुझाएको प्रचण्डले बताए । ‘ओलीबाट सिकेको ज्ञान अनुशरण गरेर गठबन्धन बनाउँ । नत्र ओलीले खान्छन् भनेँ,’ उनको भनाइ थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close