समाचार

युएईलाई कामदार आवश्यक परेपछि ल्यायो यस्तो भिसा नियम, अब सहजै हुनेछ युएई रोजगार !

अबुधाबी : यूनाइटेड अरब इमिरेट्स (यूएई) ले विदेशी कामदार तथा उच्चदक्ष जनशक्तिको आवश्यकता बढेपछि विदेशीलाई दिने भिसा प्रक्रिया सरल र सहज पारेको छ ।

यूएईमा शुरू गर्न लागिएको ५० वटा नयाँ योजना (प्रोजेक्ट मा काम गर्ने विदेशी जनशक्तिको भिसासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको हो ।

उस्ले तोकिएका प्राजेक्टमा काम गर्न जानेहरूलाई प्रदान गर्ने भिसालाई ‘गोल्डेन भिसावाह’को श्रेणीमा राखेको छ । उनीहरूले स्थानीय स्पोन्सर बिना नै बस्न, काम गर्न तथा अध्ययन गर्न पाउने छन् ।

गोल्डेन भिसाको वर्गमा वैज्ञानिक, सीईओ, इन्जिनियर, म्यानेजर र प्राविधिक जनशक्ति रहेका छन् । नयाँ नियमले यूएईमा कारणबस जागिर गुमेको खण्डमा वा भिसाको म्याद सकिएको अवस्थामा तीन महिनासम्म बस्न सकिने भएको छ ।

पहिले त्यस्तालाई एक महिना मात्र यूएईमा बस्न दिने व्यवस्था थियोे ।

यसअघि व्यावसायिक यात्राका लागि दिइँदै आएको तीन महिनाको अवधिलाई लम्ब्याएर ६ महिना बनाएको छ भने उच्च आम्दानी हुने आप्रवासी कामदारले आफ्नो परिवारका सदस्यहरुलाई भिसा स्पोन्सर गर्न पाउने स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close