समाचार

काठमाडौं महानगर साक्षर घोषित

काठमाडौ । काठमाडौं महानगरपालिका साक्षर घोषित भएको छ । महानगरमा ९६.६ प्रतिशत मानिस साक्षर भएका भन्दै साेमबार साक्षर घोषणा गरिएको हो ।

तर, काठमाडौं जिल्ला समग्रमा भने अझै साक्षर घोषित भएको छैन । नेपालमा सुरुमा सिन्धुपाल्चोक जिल्ला साक्षर जिल्ला घोषित भएको थियो ।

असोज १ देखि काठमाडौं उपत्यकामा विद्यालय खुल्ने

काठमाडौं । आगामी असोज १ देखि काठमाडौं उपत्यकामा विद्यालय खुल्ने भएको छ । सोमबार काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्थानीय तहका प्रतिनिधि, अभिभावक र शिक्षकसँग छलफल गरेरआगामी असोज १ गतेदेखि विद्यालय खुल्ने निर्णय भएको बताएका हुन्।

उनले भने, ‘विद्यालयल खुलाउने कि नखुलाउने भन्ने विषयमा सोमबार बोलाइएको बैठकमा स्थानीय तहका प्रतिनिधि, अभिभावक र शिक्षकसँग छलफल गरियो । बैठकले कोरोनाको अवस्था मूल्यांकन गरी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने भन्ने निर्णय गरेको छ ।’

उनका अनुसार विद्यालय सञ्चालन गर्दा तोकिएबमोजिम अनिवार्य रुपमा स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने । विद्यालयले स्वास्थ्य प्रोटोकल पालना गरे नगरेको अनुगमन गर्ने पनि उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close