समाचार

आफैले जन्मदिएकी छोरीसंग कहिले सम्म मुख लुकाउनुहुन्छ बुवा ? औंशीमा हजुरको मुख हेर्ने मन छ

रेणुका भण्डारी, बिराटनगर ।

कुशे अ‍ौँसीको अघिल्लो दिन फोन आयो कसको रहेछ भनेर हेरेँ उमा मेमको रहेछ । झटपट फोन उठाएँ । उताबाट सोध्नुभयो, हजुरको भोलि के गर्ने प्लान छ ? खासै केही छैन, मैले भने, हजुरको पनि बुबा हुनुहुन्न नि ? उहाँले फोनमै लामो सुस्केरा हालेर भन्नुभयो, अँ ह हुनुहुन्न, मैले पनि सहीथपे मेरो पनि ,यसो भन्दा मलाई निकै गाह्रो भइरहेको थियो, मानौँ मेरो जीवनको महत्त्वपूर्ण हिस्सा गुमाएँ।

त्यही पनि मैले दुखको आभाष नहोस् भनेर भोलि हामी दुई बुबा नहुने मिलेर मानव सेवा आश्रम जाउँ न त हुन्न ? के चुप लागेर बस्नु चाडबाडमा। उहाँले पनि मेरो कुरालाई सहजै स्वीकार गर्दै भन्नुभयो जाउँ भने जाउँ । के लिएर जाउँ त ? वहाँले भन्नुभयो। मैले अलि अन्कनाएको स्वरमा भने, होइन भोलि हामी केही नलगी जाउँ न भोलि त सबैले खानेकुरा ल्याएको हुन्छ।

त्यो नासै भएर जान्छ । बरू व्यवस्थापकसँग सल्लाह गरेर एकदिनको खानाखर्च नगद नै दिउँन हुन्न ? अहो यो त बडो राम्रो कुरागर्नु भयो भइहाल्छ त्यसै गरौँ न त बरू कति बेला जाने ? मैले सोधे उहाँले भन्नुभयो खै कति खेर जाउँ बिहान भरी घरकै धन्दाले ठिक्क हुन्छ। ११बजे सम्ममा उतै भेटौँ न है भन्दै फोन राख्यौं ।

भोलिपल्ट योजना अनुसार नै म ११ बज्न १५ मिनेट बाँकी छदैँ घरबाट निस्केँ । गेटको छेउमा के पुगेको थिएँ । फोनको घण्टी बज्यो । यसो हेरेको उमा मेमको रहेछ, सुन्नुस्न लुगा लगाएर ठिक्क परेको छोरो स्कुटर लिएर ठूलो बाबा भेट्न गएछ। आधा घण्टा जति ढिलो हुन्छ होला है भन्नुभयो । मैले हवस् भन्दै फोन राखेर आश्रमको परिसर भित्र पसेँ।

यताउताको दृष्य नियाल्दै मैले एकजना मेरै उमेरकी अपरिचित महिला साथीसँग हेर्दै अहो कस्तो भिड रहेछ नि ? भने उनले पनि होनि निकै भिड छ आजकै दिन त हो सबै आउने भनेकै अरूबेला आफ्नै काम भ्याइनभ्याई हुन्छ । हुन त अरु दिन आउँदा पनि हुने हो नि हाम्रो गफले लम्बिने सुरसार कस्यो अलिकति सजिलो ठाउँ हेरेर दुबै बस्यौँ। र गफ गर्न थाल्यौं ।

हामी नेपालीहरुको पनि आफ्नै विविधता छ चाडबाड आएपछि परिवारको यादले सताउँछ । त्यसै बसिरहँदा पनि दिक्क लाग्छ । बरु यतै आयो भने आफुजस्तै बाबु बिहिन धेरै देखिन्छ र दुख बाडिएँ जस्तो लाग्छ । प्राय म त कुशे अ‍ौँसीको दिन यहीँ आउने गरेको छु पोहोर चाहिँ महामारीको डरले आइँन। उनले म त पहिलो पटक आएको आज भनिन्।

मैले मेरो जस्तै सोचेर तपाईंको पनि बुबा हुनुहुन्न ? भनेर सोधेँ। उनले छक्क परेर गहभरी आँसु बनाइन् र सुस्केरा हाल्दै भनिन्, होइन मेरो त बुबा हुनुहुन्छ ।ए,,,, त्यसो भए टाढा भएर नजानु भएको कि महामारीको डरले हुन त एकैचोटी तीजमा गएपनि भइहाल्यो नि आफ्नो बुबा भेट्नलाई मैले एकै वाक्यमा मनमा लागेका कुरा सकेँ।

उनले निधार खुम्च्याउँदै मलिन् स्वरमा भन्न लागिन् । मानौँ उनको मन भित्रको वेदना अनुहारमा झल्किरहेको थियो । म त बिहे भएदेखि आजसम्म कहिल्यै माइत गएकै छैन ।

म अलिक छक्क र उत्सुक भएर जिज्ञासा राख्छु । ए,,, किन नि ? उनले पनि वर्षौंदेखि बोकेको गह्रौं भारी बिसाए झैँ सुस्तरी भन्न लागिन्। खै के भनौँ सानैमा केही नजानी १७ वर्षकै उमेरमा बिहे गरेँ । त्यो पनि आफुभन्दा तल्लोजातसँग त्यहीँ भएर बुबाले अहिले सम्म बोलाउनु भएकै छैन ।

म उनलाई टोलाएर हेर्छु र फेरि सोध्छु अनि आमा नि ? आमासँग पनि दुई वर्ष सम्म त बोलचाल पनि भएन ।त्यसपछि बोलचाल त भयो त्यो पनि बुबाले थाहा नपाउने गरी । थाहापाउँदा त्यसलाई यहाँ बोलाइस् भने तँलाई घरबाट निकाल्छु भन्नुहुन्छ रे । बहिनीकोमा आमा आएको बेलामा बहिनीले फोन गरेर बोलाउँछे अनि गएर आमालाई भेट्छु।आमा पनि भन्नुहुन्छ तेरो बुबाको ढु ङ् गाको मुटु छ छोरी बोलाए त हुने हो बोलाउनु हुन्न।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close