समाचार

राउटे युवती माथि पहिले पनि भएको रहेछ यस्तो घ’ट’ना सो करण मुखियाले ४ महिनासम्म..

राष्ट्रिय मानवअधिकार आयोगले राउटे समुदायका युवतीमाथि भएको घटनाको प्रभावकारी अनुसन्धान गरी दो षी लाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ। घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले दो षी लाई कानुनी दायरामा ल्याउन आग्रह गरेको हो ।

सो घटनाको अनुगमन पछि एक विज्ञप्ति जारी गर्र्दै आयोगले युवतीहरूलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्या न नै जोखिममा पर्ने सक्ने देखिएको जनाएको छ ।

यसअघि पनि ती दुई युवतीहरूलाई राउटे मुखियाले ४ महिना नजरबन्द जस्तै गरी ब न्दी बनाएको अनुगमनबाट जानकारी प्राप्त भएको आयोगको दाबी छ ।

आयोगले युवतीहरूको गोपनीयताको संरक्षण गर्दै तत्काल स्वास्थ्य परीक्षण गर्न, उनीहरुको भौतिक सुरक्षा गरी जीवनको अधिकार संरक्षणमा तत्काल पहल गर्न र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले यस सम्बन्धमा अनुगमन गरेको थियो ।

ती युवतीलाई दु र्व्य वहार गरेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट गुर्भाकोट नगरपालिकाका ३५ वर्षका दोमनबहादुर घर्ती, २४ वर्षका भुपेन्द्र बुढा र २९ वर्षका होटल सञ्चालक बिनोद पुनलाई पक्राउ गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close