राजनीति

१९ वर्षकै उमेरमा कांग्रेस वडा सभापति भएकी स्वस्तिका को हुन् ?

काठमाडौं – कर्णाली प्रदेशको दैलेखमा एक १९ वर्षीया युवती कांग्रेसको वडा सभापति बनेकी छिन्। शुक्रबार भएको वडा अधिवेशनबाट स्वस्तिका महत सभापति बनेकी हुन्।

दैलेखको दुल्लु नगरपालिकाको वडा नम्बर ३ मा भएको अधिवेशनबाट महत सभापति बनेकी हुन्। सबै अट्ने देश सबैलाई जोड्नेु कांग्रेसको नीति अन्तर्गत उनलाई सभापति बनाइएको दुल्लु नगरपालिकामा कांग्रेसबाट मेयरमा विजयी भएका घनश्याम भण्डारीले नेपाल लाइभलाई बताए ।

वडामा १९ वर्षेदेखि ७० वर्षेसम्मका आकांक्षी थिए। तर, उनले म नेतृत्व गर्छु भनेर अघि सरेपछि सर्वसम्मत रुपमा उनी निर्वाचित भएकी हुन्। सबैले उनैलाई सहयोग गरेु, भण्डारीले भने।

भण्डारीका अनुसार महत एचए को पढाइ पूरा गरेर बसेकी हुन्। महतको पारिवारिक पृष्ठभूमि कांग्रेस नै हो। उनी दैलेखका कांग्रेसका स्वर्गीय नेता भुपेन्द्र महतकी छोरी हुन् ।

१९ वर्षकै उमेरमा कांग्रेस वडा सभापति भएकी स्वस्तिका को हुन् ?
सानै उमेरमा कांग्रेसको स्थानीय नेतृत्व सम्हालेपछि उनलाई आफन्त, इष्ट मित्र र कांग्रेसजनले बधाई दिइरहेका छन् । कांग्रेसले पछिल्लो समय युवाहरुलाई नेतृत्वमा ल्याउने प्रयास गरिरहेको छ। नेतृत्वमा पाका नेताहरु भए पनि तल्लो तहमा विस्तारै युवाहरुको जमात बढिरहेको छ ।

दुल्लु नगरपालिका प्रमुख एवम् कांग्रेस नेता भुपेन्द्र भण्डारीले युवाहरुलाई नेतृत्वमा ल्याउने पार्टीको नीति अनुसार नै स्वस्तिकालाई वडा सभापति बनाइएको बताएका छन् । स्वस्तिकाका पिता एवम् कांग्रेस दैलेखका तत्कालीन उपसभापति भुपेन्द्रजंग महतको २०७६ कात्तिकमा डेंगु संक्रमणका कारण निधन भएको थियो ।

डेंगु भएपछि उनी उपचारका लागि भारतको दिल्लीस्थित एपोलो अस्पताल पुगेका थिए । भारतको मुम्बई भ्रमणका क्रममा बिरामी परेपछि दिल्लीमा उपचारका क्रममा उनको निधन भएको थियो । स्वस्तिका पनि बुवाकै पदचाप पछ्याउँदै कांग्रेसको राजनीति लागेकी छन्। उनलाई सानै उमेरमा कांग्रेसले गाउँको कमाण्ड सुम्पिएपछि अन्य दलका नेताले पनि प्रशंसा गरेका छन् । भण्डारीका अनुसार महत ‘एचए’ को पढाइ पूरा गरेर बसेकी हुन्। महतको पारिवारिक पृष्ठभूमि कांग्रेस नै हो।

सभापति भएपछि स्वस्तिकाले प्रतिक्रिया दिएकी छिन् । उनले आफ्नो स्वर्गीय बुवाको सपना पुरा गर्न राजनीतिमा आएको बताएकी छन् । मेरा बुवाले दैलेखमा राजनीति गरेर समाज परिवर्तन गर्ने सपना देख्नुभएको थियो । उहाँको सपना पुरा गर्न म राजनीतिमा होमिएकी हुँ उनले भनिन् ।

उनले आफू राजनितीमा आउनुमा कुनै सर्त वा लाभका लागि नभई नेपाली कांग्रेसको विरासतअनुसार आफ्ना वडावासीको सपना पुरा गर्नका लागि आएको बताएकी छिन् । राजनीति नै सबै नीतिको मूल नीति हो भनेर मेरो बाबाले मलाई भन्नुभएको थियो । त्यहि अनुसार राजनीतिक यात्रा गरेर मात्रै म गाँउको सेवा गर्न सक्छु भनेर यहाँ लागेकी हुँ स्वस्तिकाले भनिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close