समाचार

सामाखुशीको एक घरवाट ४ जना पक्राउ ! शंका लागेर चेकजाँच गर्दा छक्क पर्‍यो प्रहरी

काठमाडौ – झण्डै दुई किलो यार्चागुम्बासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले चार जनालाई एक किलो ८५० ग्राम यार्चागुम्बासहित पक्राउ गरेको हो।

उनीहरूलाई प्रहरीले बिहीबार काठमाडौं महानगरपालिका सामाखुसीबाट पक्राउ गरेको महाशाखाले जनाएको छ। मित्रनगर बस्ने गोरखाका ४८ वर्षीय डुण्डुप गुरूङ, नयाँबसपार्क बस्ने लमजुङका ५० वर्षीय बेलबहादुर थापा, बानियाटार बस्ने लमजुङका ४० वर्षीय कृष्ण परियार र तारकेश्वर बस्ने प्युठानका ४७ वर्षीय दानबहादुर जिसी पक्राउ परेका छन्।

अवैध रूपमा यार्चागुम्बाको कारोबार भइरहेको छ भन्ने महाशाखाले गोप्य सूचना पाएको थियो। सोही सूचनाको आधारमा खटिएको टोलीले सामाखुसीको एक घरमा डेरा गरी बस्ने डुण्डुप गुरूङले बिक्री वितरण गर्न लुकाएर राखेको प्रहरीको आरोप छ।

उनको कोठामा तलासी लिँदा प्रहरीले एक किलो ८५० ग्राम यार्चागुम्बा बरामद गरेको हो। सो यार्चागुम्बा आठ लाख बराबरको छ। उनीहरूमाथि अनुसन्धान गर्न वन डिभिजन कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ।

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन, १० जना पक्राउ – अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन भएको छ । शुक्रबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ का १० जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सबै पुरुष रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए । उनीहरुले नेपालमा एमसीसी नचाहिने सन्देश दिने विभिन्न प्लेकार्ड बोकेर महाराजगञ्जस्थित दूतावास अगाडि प्रदर्शन गरेका थिए ।

एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर अर्को साता नेपाल आउने तय भएको छ । उनको साथमा अर्का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि नेपाल आउने छन् । उनी नेपाल आउने भएसँगै सरकारले एमसीसी पारित गर्न खोजेको हो कि भनेर एमसीसीको विपक्षमा रहेकाहरुले सक्रियता बढाउँदै लगेका छन् । एमसीसीबारे राजनीतिक दल र तिनका नेता समेत विभाजित हुँदै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close