समाचार

पालिकाको गुम्बाभित्रै यि जोडिले के गरे यस्तो ! देख्ने हरुपनि लाजले भुतुक्कै भए

काठमाडौ, भदौ १७ । रामेछापको उमाकुण्ड गाउँपालिका-३ स्थित ङग्युर पल्युल छेवाङ छोलिङ गुम्बाभित्र अवैध रुपमा यौन क्रियाकलाप गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ ।

गुम्बाभित्र यौन क्रियाकलाप गर्ने उक्त गुम्बाका प्रमुख ६२ का सर्की शेर्पा र २४ बर्षिय सन्तोषी सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।

भदौ १४ गते बौद्ध धर्मवालम्बीहरुको पवित्र धार्मिकस्थल गुम्बाभित्र आपतिजनक यौन क्रियाकलाप गरिरहेको अबस्थामा स्थानीयले फेला पारेका थिए । स्थानीयले खबर गरेसँगै दुवै जनालाई थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

धार्मिक स्थलभित्र गैरकानुनी रुपमा यौन क्रियाकलाप गर्ने शेर्पा र सुनुवारलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सार्वजनिक स्थल गुम्बाभित्र सास्कृतिक मुल्य मान्यता सामाजिक सदाचार र नैतिकता बिपरीत अमर्यादित अपराधिक यौन क्रियाकलाप गरेको हुँदा मूलुकी अपराध संहिता २०७४ को दफा १२३ (१)बमोजिम सार्बजनिक स्थलमा यौन कृया गर्न नहुने कसुरमा जिल्ला प्रशसन कार्यालयबाट १० दिनको म्याद थप भई अनुसन्धान काम भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close