समाचार
रेष्टुरेन्टमा युवती राखेर यस्तो काम लगाउने दुई प क्रा उ

काठमाडौ / शान्तिनगरस्थित ए वान रेष्टुरेन्टकी सञ्चालिकालाई प्रहरीले पक्राउ गरेको छ। इलाम माई नगरपालिका-८ चिसापानी घर भएकी २८ वर्षीया अस्मिता राईलाई प्रहरीले पक्राउ गरेको हो।
उनले आफ्नो रेष्टुरेन्टमा खाजा नास्ता बनाउने तथा वेटरको काममा लगाइदिन्छु भन्दै ललाइफकाइ प्रलोभनमा पारेर महिलाहरूलाई अनैतिक गतिविधिमा संलग्न गराएको प्रहरीले जनाएको छ।
त्यसरी बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रमेश थापाले बताए।
यसैगरी, मानवबेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-६ खहरे चोकस्थित होटल लिटिल ह्यावेनका सञ्चालक नुवाकोट तारकेश्वर गाउँपालिका-४ घर भएका विशाल भन्ने २७ वर्षीय विष्णु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
कुकको काममा लगाइदिन्छु भन्दै प्रलोभनमा पारेर महिलाहरूलाई यौन शोषण गर्न लगाउने गरेको आरोपमा उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।
जिल्ला अदालत कास्कीबाट उनीहरूलाई थुनामा राख्ने अनुमति लिएर कारबाही अगाडि बढाइएको थापाले बताए।
मुलुकी फौजदारी अपराध संहिताअनुसार कसैलाई बाध्य पारेर अनैतिक गतिविधि, यौन शोषणमा लगाइए मानवबेचबिखन मुद्दा आकर्षित हुने गरेको छ।