समाचार

सनी देओलका छोरा करण देओलले सौतेनी हजुरआमा हेमा मालिनी बारे दिएको बयानले हंगामा

काठमाडौं । चर्चित बलिउड अभिनेता एवं भारतीय जना पार्टी (भाजपा) सांसद सनी देओलका छोरा करण देओलले २०१९ मा फिल्म ‘पल पल दिल के पास’ बाट अभिनय यात्राको सुरुवात गरेका थिए । बाबुले एक्शन चलचित्रमा नाम कमाएको भए पनि करणले यस फिल्ममा अभिनेत्री सहर बम्बासँग रोमान्स गरिरहेको देखिन्थ्यो । फिल्मले बक्स अफिसमा खासै केही गर्न सकेन तर करण देओलको अभिनय प्रशंसनीय थियो ।

यसै बीच अभिनेता करणको एक अन्तर्वार्ता सामाजिक सञ्जालमा धेरै मन पराइएको छ । यसमा, उनले सौतेनी हजुरआमा हेमा मालिनीलाई लिएर आफ्नो प्रतिक्रिया दिएका छन् । अभिनेत्री हेमा मालिनीको बारेमा कुरा गर्दै करणले भने, ‘शुरुदेखि नै उहाँको अभिनय करियर एकदमै राम्रो छ । उहाँको नाम चलचित्र उद्योगमा धेरै ठुलो छ । मेरो हजुरबुबालाई पनि एक महान कलाकारको रूपमा मानिन्थ्यो ।’

सौतेनी हजुरआमा हेमा मालिनीको बारेमा थप जानकारी दिँदै, करणले अग्रणी दैनिकलाई भने, ‘मैले उहाँको एक वा दुई फिल्म देखेको छु । उहाँको अभिनय र करियर एकदम शानदार थियो ।

मैले देखेका उहाँका सबै चलचित्रहरूका अनुसार उहाँ वास्तवमै प्रतिभाशाली अभिनेत्री देखा पर्नुभयो ।’ करण देओल अभिनेता धर्मेन्द्र र उनकी पहिलो पत्नी प्रकाश कौरका नाति हुन् । धर्मेन्द्रको पहिलो श्रीमतीबाट चार सन्तान छन्, उनीहरुको नाम सनी देओल, बबी देओल, अजिता देओल र विजेत देओल हो । हेमा मालिनीसँग विवाह गरेपछि धर्मेन्द्रका दुई छोरीहरू छन् । जसको नाम ईशा देओल र अहाना देओल हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close