राजनीति

सरिता गिरीर्लाइ सांसदवाट हटाएको बारे सर्वोच्चले दियो यस्तो आदेश

काठमाडौं । सांसद पद मुक्त गरिएकी नेता सरिता गिरीका बारेमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । नेपालले जारी गरेको नयाँ नक्साका बारेमा दिएको अभिब्यक्तिका कारण गिरी विवादित भएकी थिइन् । जसका कारण उनको सांसद पद समेत गुमेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले शुक्रवार ७ दिन बाटोको म्यादबाहेक १५ दिनभित्रमा कारण देखाउन विपक्षीहरूका नाममा आदेश जारी गरेको हो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाबाहेक न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र डा।आनन्दमोहन भट्टराई छन् ।

नेपालले जारी गरेको नयाँ नक्साबारे दिएको विवादित अभिव्यक्तिपछि गिरीलाई समाजवादी पार्टीले सांसदबाट हटाउने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन भएको १ वर्ष बितिसकेपछि सर्वोच्चले कारण देखाउन आदेश जारी गरेको हो । सो घटना पछि उनी भारत माइत लागेकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close