मनोरंजन

आफ्नै कमाइमा घर बनाएकी पुजाले किनिन् ७० लाखको क्रेटा कार !

पुजा शर्मा नेपाली चलचित्रकी एक चर्चित अभिनेत्री हुन् । सिन्धुपाल्चोकमा जन्मिएकी पुजा ‘थ्री लबर’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन् ।

धेरै चलचित्रमा अभिनय गरेपनि फिल्म ‘प्रेम गीत’ उनको सफल चलचित्र हो । प्रेम, अभिनय र भनाइको कारण चर्चामा आइरहने पुजा अहिलेकी व्यस्त कलाकार समेत हुन् ।

भर्खरै आकाश श्रेष्ठसँग ब्रेकअप भएको भन्दै चर्चामा आएकी पुजाले कार किनेकी छिन् । पूजा शर्मा यस्तै एक पात्र हुन् जसले हालै आफ्नै कमाइमा घर निर्माण गरिन् । बिहीबार भने उनले हुन्डाइको क्रेटा कार खरिद गरेकी छिन् । ७० लाख नगद तिरेरै उनले गाडी किनिन् ।

शर्माले हुन्डाइको क्रेटा कार खरिद गरेकी छिन् ।

पछिल्लो समय धेरै कलाकारको रोजाइमा क्रेटा कार रोजाइमा परेको छ । केहि हप्ताअघि गायक प्रकाश सपूत तथा नायक पुष्प खड्काले पनि क्रेटा कार किनेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close