समाचार

जेठभर निषेधाज्ञामा कडाई, ‘कर तिर्न’ असारमा खुकुलो

काठमाडौं, १० जेठ । सरकारले उपत्यकासहित मुख्य शहरहरुमा जेठभर निषेधाज्ञा कायमै राख्ने भएको छ । उपत्यकामा थप एक साता लकडाउन गरिने भएको छ । आज काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञामा थप कडाईका लागि जरिवानासहितको सूचना जारी गरेका छन् ।

गृह मन्त्रालयले उपत्यकामा नागरिकलाई अत्यावश्यकबाहेक घरबाहिर निस्कन नदिन निर्देशन दिएको छ । कोरोना भाइरसबाट मृत्युदर बढेपछि गृहले त्यस्तो निर्देशन दिएको हो । यसबाट पनि सरकारले अझै निषेधाज्ञा कम्तिमा जेठभर हुने संकेत गरेको छ ।स्वास्थ्यमन्त्री हृदयश त्रीपाठीले पनि एक महिनामा कोरोना भाइरसको संक्रमण घट्ने आशा व्यक्त गरे ।

यो अझै एक महिना जस्तो निषेधाज्ञा जारी गर्ने संकेत पनि हो । जेठभर निषेधाज्ञा जारी गरेपनि सरकारले असारमा भने खुकुलो गर्ने बुझिएको छ । करको दाखिला गर्नका लागि पनि असारमा निषेधाज्ञा खुकुलो गर्ने लक्ष्यका साथ जेठभर कडाई हुने बुझिएको छ ।-रिपोर्टर्स नेपाल

ओलीले एमालेको पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेपछि, झलनाथ खनालले दिए यस्तो प्रतिकृया

नेकपा एमालेले वरिष्ठ नेतामाधवकुमार नेपाल र झलनाथ खनाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ। नेपाल र खनालसहित विघटित संसदका ११ जना नेतालाई पार्टीबाट निष्कासन गरेको हो।

बैठकले शनिवार स्पष्टिकरण मागिएका झलनाथ, माधव र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरेको बताइएको छ। निष्कासनमा पर्नेमा रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, पुष्पा कर्ण कायस्थ, लक्ष्मी चौधरी, सरला यादव, निरादेवी जैरु, कलिला खातुन र कल्याणी खड्का रहेका छन्।

पार्टी निस्कासन गरे संगै नेताहरुले प्रतिकृया दिन सुरु गरेका छन् । नेकपा एमालेबाट निष्कासित नेता झलनाथ खनालले आफूहरुलाई गरिएको कारवाहीको कुनै अर्थ नरहेको बताएका छन् ।

आज बसेको स्थायी कमिटि बैठकले खनालसहित माधवकुमार नेपाल लगायतका ११ जनालाई एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेपछि प्रतिक्रिया दिँदै ओलीलाई कम्युनिष्ट आन्दोलनकै गद्दार भएको आरोप लगाए। ‘केपी शर्मा ओली कम्युनिस्ट आन्दोलनको गद्दार हो, कारबाहीको ओचित्य छैन,’ खनालले भने।

बैठकले झलनाथ खनाल, माधव नेपाल,भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरूलाई साधारण सदस्य नरहनेगरी निष्कासन गरेको हो। यस्तै, बैठकले अरू १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close