अन्तरास्ट्रिय

रक्षामन्त्रीको घरमा आक्र!मण, ४ जनाको मृ,त्यु

काठमाडौं । अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्र,मण भएको छ । सो घट,नामा चार जना मारिए,का छन् ।हति,यारधा,री समूहले कार ब,म र गो,लीमार्फत् आक्र,मण गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

आक्रमणको समयमा रक्षामन्त्री बिस्मिल्लाह भने थिएनन् । उनका परिवारका सदस्यहरुलाई पनि सुरक्षित तरिकाले बाहिर निकालिएको थियो । यो घटनामा चार जना आक्र,मणकारीको मृ,त्यु भएको सुरक्षा अधिकारीहरुलाई उ,द्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ । घट,नामा ११ जना घा,इते भएका छन् ।

अफगानिस्तानका अलग(अलग स्थानमा तालिबान र सरकारी सुरक्षा बलबीच भिडन्त तीव्र भएका समाचारहरु सार्वजनिक हुँदै आएका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले द्वन्द्व अन्त्यको अपिल गरेलगत्तै यो आक्र,मण भएको हो । मंगलबार राति राजधानी काबुल शहरको केन्द्र भागमा भयंकर वि,ष्फोट भएको आवाज सुनिएको थियो ।

धेरै सरकारी कार्यालय र विदेशी कूटनीतिज्ञहरुको आवास रहेको स्थान नजिक वि,ष्फोट भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । राष्ट्रपति भवन, दूतावासहरु, अन्तर्राष्ट्रिय मिडिया र सहायता एजेन्सीहरुको कार्यालय पनि सोही क्षेत्रमा छन् । आक्र,मणको जिम्मेवारी कसैले पनि लिएको छैन । अनलाइन खबरमा लेखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close