प्रमुख समाचार

संक्रमण बढेपछि वामीटक्सार पूर्णरुपमा शिल, के गर्न पाइन्छ के पाइँदैन ?

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा कोरोना संक्रमणको अवस्था भयाभह हुँदै गएको पाइएको छ । टोलटोलमा, घरघरमा संक्रमित भेटिन थालेपछि एक हप्ताको निम्ती नगरपालिका शिल गरिएको छ ।

नगरपालिकाको वडा नं. ७ मा पर्ने वामीटक्सार वजार क्षेत्रमा कोरोना संक्रमणको दर केही दिन यता लगातार वढिरहेको र हिजो मात्रै वामीटक्सारको एक महिलाको निधन भएको कारण वडा सबै सिल गर्ने निर्णय गरिएको हो । नगरपालिका कार्यालयको आजको निर्णयानुसार वडा शिल गरिएको हो । आज राती १२ वजे देखी साउन १२ गते म‌ंगलबार राती १२ वजे सम्म लागु हुने गरी शिल गरिएको हो । यस अवधिमा औषधी पसल बाहेक अरु सबै पसलहरु पूर्ण रुपमा बन्द गरिने छ ।

यस्तो छ नगरपालिकाबाट जारी गरिएको सूचना (पूर्णपाठ)
मितिः– २०७८/०४/०५
मुसिकोट नगरपालिका वडा नं.-७ मा लागू हुने गरी अत्यावश्यक सेवा बाहेक अन्य सेवा पूर्ण रुपमा बन्द गरिएको सूचना ।

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड-१९ को नयाँ भेरियन्टको संक्रमण दर मुसिकोट नगरपालिकामा उच्च गतिमा फैलिदै गर्इ रहेकोले सम्भावित जोखिम न्यूनिकरण, रोकथाम र नियन्त्रणका लागि मिति २०७८/०४/०५ गते मङ्गलबार राती १२ बजे देखि २०७८/०४/१२ गते मंगलबार राती १२ बजेसम्म कायम रहने गरी DCMC को समन्वयमा संक्रामक रोग ऐन, २०२० को दफा २, कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी मुसिकोट नगरपालिका वडा नं.-७ भर लागू हुने गरी देहाय बमोजिमको आदेश जारी गरिएको छ ।

यो आदेशको पालना गर्नु गराउनु हुन सबै व्यक्ति, निकाय, पेशाकर्मी, व्यवसायी तथा आम नागरिकको कर्तव्य हुनेछ । कसैले यो आदेशको उल्लंघन गरेमा कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सवैमा जानकारी गराइन्छ ।

देहायः
संचालन गर्न नपाइने सेवा तथा व्यवसायहरु:
१. सवै प्रकारका गोष्ठी, तालिम, सभा, सम्मेलन, सेमिनार गर्न, मानिसहरु जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, जात्रा महोत्सव गर्न तथा समुहमा खेलिने कुनै पनि प्रकारको खेलकुदहरु आयोजना गर्न ।

२. विद्यालय, शिक्षालय, तालिम केन्द्र, सिनेमा हल, पार्टी प्यालेस, नांचघर, क्लव, जिमखाना, व्युटी पार्लर, शैलुन खुलाउन ।
३. मठ मन्दिरहरु तथा विभिन्न धार्मिक स्थलहरुमा परम्परागत रुपमा गरिने नित्य पुजा वाहेक अन्य सम्पूर्ण धार्मिक सांस्कृतिक गतिविधीहरु संचालन गर्न ।

४. यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधनहरु संचालन गर्न ।
५. कार्यालयबाट सेवा प्रदान गर्नेगरी वाणिज्य तथा विकास बैंक, विमा कम्पनी, वित्तिय संस्थाहरुबाट संचालन हुने सेवाहरु संचालन गर्न ।

६. विवाह, व्रतवन्ध एवम् अन्य संस्कारजन्य कार्यक्रमहरु घरमै संचालन गर्नुपर्ने र त्यस्ता कार्यक्रममा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा अपनाई २५ जना भन्दा बढी सहभागि हुन नपाइने ।

७. औषधी एवम् स्वास्थ सामग्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहने छन् । अत्यावश्यक दैनिक उपभोगका खाद्य सामग्री, दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीका पसलहरु दिनमा १ पटक बिहान ७.०० बजे देखि ९.०० बजेसम्म मात्र संचालन गर्न पाउने । होटल तथा रेष्टुरेन्टहरुले विहान १०.०० बजेबाट दिउसो १२.०० बजेसम्म मात्र टेक अवे सेवा संचालन गर्न ।

८. स्वास्थ सुरक्षा, संचार, विद्युत, खानेपानी, दमकल लगायत अन्य सरकारी तथा गैरसरकारी कार्यालय तथा निकायहरुबाट प्रदान गरिने सबै प्रकारका सेवाहरु सामाजिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनार्इ संचालन गर्ने ।

९. नगरपालिकामा हाल उपलब्ध रहेका एम्बुलेन्सहरु सञ्चालनका लागि सम्बन्धीत स्वास्थ्य चौकीहरुले तयारी अवस्थामा राखी कुनै पनि अवरोध नहुने गरी संचालनको व्यवस्था मिलाउने ।१०. वडा नं.-७ भएर चल्ने लामो तथा छोटो दुरीका सवारी साधनहरुले वडा नं.-७ को क्षेत्र भित्र यात्रुहरु ओराल्ने, चढाउने तथा सामानलार्इ लोड-अनलोड गर्न नपार्इने ।“औषधी तथा अत्यावश्यक उपभोग्य वस्तु तथा सेवाको आपूर्तीमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, लुकाउने, सहज आपूर्तीमा अवरोध गर्ने उपर कारबाही गरिनेछ ।“

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close